|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले अन्नत हात मिलाए। उनीहरुले हात मिलाउँदै गर्दा ठ्याक्कै कस्तो देखियो भन्ने भेउ चाहिँ कसैले पनि पाउन सकेनन्। 

सेन्टोसा टापुमा रहेको क्यापेला होटलमा ट्रम्प र उनको भेटका लागि रातो कार्पेट विच्छ्याइएको थियो। जहाँ अमेरिका र उत्तर कोरियाका झण्डाहरू गाढा रङमा देखिन्थे। यसभन्दा अघि अमेरिका र उत्तर कोरियाका झण्डाहरू एकै ठाउँमा शान्तसँग शायदै फहराइएका थिए। उनका लागि यो एउटा सांकेतिक विजय थियो, जहाँ ट्रम्प र उन समान हैसियतमा सँगै हुँदैथिए।

शायद ट्रम्प र उनले भेटका बारेमा आफ्ना प्रतिनिधिहरूबाट पहिल्यै सुनेका थिए, ट्रम्प मञ्चको दायाँ र किम मञ्चको बायाँबाट शान्तसँग रातो कार्पेटमा आए। उनीहरु यसभन्दा अघि यसरी भेट भएका थिएनन्।

विविसी अनलाइनका अनुसार उनीहरुले राटो कार्पेटमाथि उभिएर १२ सेकेन्डसम्म एकअर्काका हात समाएका थिए। ‘नाइस टू मिट यू मिस्टर प्रेजिडेन्ट,’ हात मिलाउँदै गर्दा उनले बोले। हात मिलाउँदै गर्दा ट्रम्पले उनको पिठ्युँतर्फ हात लगेका थिए।

‘यो अलिअलि उनमाथि ट्रम्प हावी भएको हो,’ हाउभाउ विज्ञ मनोज बासुडेभनले बिबिसीलाई भने। भेटमा ट्रम्पले हाउभाउबाट धेरेजसो समय ‘लिड’ गर्न खोजे जस्तो देखिन्थ्यो। भेट लगत्तै दुई नेताले ४० मिनेट लामो वार्ता गरेका थिए।

यस्ता छन् डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भएको सहमतिका बुँदा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको छ। जसमा उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति दिलाएर कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त पार्ने विषय रहेका छन्।

उक्त विषयमा उत्तर कोरियाका नेता किम जोङ उनले प्रतिवद्धता जनाएका छन्। यो भेट र सहमतिपछि उत्तर कोरिया र अमेरिकाको सम्बन्ध नयाँ र सुमधुर किसिमले अगाडि बढ्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्। ट्रम्प यो भेटबाट उत्साहित भएको बताइएको छ। यसअघि उनी किमसँगको भेटप्रति आशंका व्यक्त गर्दै आएका थिए। तर, वार्तापछि भने ट्रम्पले कसैले पनि नसोचेको रुपमा सफलता हात परेको बताएका छन्।

उक्त सहमति पत्रमा पनि उत्तर कोरिया र अमेरिकी सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने वाचा गरिएको छ। बीबीसीका अनुसार डोनाल्ड ट्रम्प र किम जोङ उनले हस्ताक्षर गरेको घोषणापत्रमा मूख्य रुपमा चार बुँदा रहेका छन्। जुन निम्नानुसार छन्:

१- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी-उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

३ - सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाममुनजोन घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४ - संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँदछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.