|

संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको कार्यालय परिसरमा बम विस्फोट भएको छ।

मंगलबार राति पाउने १ बजे तीन वटा सकेट बम  विस्फोट भएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए। विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटको जिम्मा कसैले लिएको छैन।

विस्फोटपछि त्यस क्षेत्रको सुरक्षाा कडा पारिएको छ। स्थानीय होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ। यस परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ। यसअघि बैशाख १८ मा पनि विस्फोट गराइएको थियो। उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले जिम्मा लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.