|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ देखि चीनको औपचारिक भ्रमण हुँदैछ। उक्त भ्रमण दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। जसका लागि नेपाल सरकारले समझदारी पत्रको मस्यौदा तयार पारिसकेको छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्र, व्यापार तथा पारवहन सम्झौता गर्ने तयारी भएको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको छ।

सरकारले तयार गरेको मस्यौदामा मितेरी र रसुवागढी पुल निर्माण, गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन, किमाथांका अरुण जलविद्युत् आयोजना, ‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा, काठमाडौं–केरुङ रेलमार्ग निर्माण रहेका छन। यस्तै, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, बिप्पा नेपालको र स्वतन्त्र व्यापार सम्झौता र चीन तथा नेपालको निजी क्षेत्रबीच ४० अर्बको संयुक्त लगानी सम्झौताको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.