|

नवलपरासी : पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको मृत्यु भएको छ। पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो।

भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको हो । 

हावाहुरीसहित आएको पानीमा ओत लाग्न पुगेकी उनलाई बाँसको झ्याङ नै खसेर थिचेको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.