|

काठमाडौं : नेपालमा भएको प्रत्यक्ष विदेशी लगानीबारे दुई सरकारी निकायको फरकफरक तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानी’सम्बन्धी अध्ययन प्रतिवेदन र उद्योग विभागको तथ्यांक आपसमा मेल नखाएको समाचार बिहीबारको आर्थिक अभियान दैनिकले लेखेको छ।

राष्ट्र बैंकले हालसम्म नेपाल आएको प्रत्यक्ष विदेशी लगानीको प्रमुख स्रोतका रूपमा वेष्ट इण्डिजलाई राख्दै त्यहाँबाट हालसम्म सबैभन्दा धेरै ६२ अर्ब आठ करोड प्रत्यक्ष विदेशी लगानी भएको बताएको छ। उद्योग विभागको तथ्यांकमा भने वेष्ट इष्डिज नामको देशबाट नेपालमा लगानी नै भएको छैन। 

विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा पहिलो वैदेशिक लगानी हिमालयन ब्रुअरीमा भएको देखिन्छ। भारतको मोहन मिकिनले २०३३ साल असोजमा करिब चार करोड रुपैयाँ लगानी गरेर सो कम्पनी स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.