|

काठमाडौं : चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ। यो हिसाबले एक महिनामा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको १० महिनामै एकै अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताएको समाचार काठमाडौंबाट प्रकाशित नागरिक दैनिकले लेखेको छ। प्राधिकरणलाई प्रतियुनिट १० रुपैयाँ दुई पैसा घाटा हुँदै आएको जानकारी पनि उनले दिए।

गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत बिजुली चुहावट हुने गरेको थियो। तर चालू आर्थिक वर्षको वैशाखसम्ममा त्यसलाई घटाएर २० प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.