|

काठमाडौं : सांसदहरुको सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघीइ विकास कार्यक्रम (यूएनडीपी)ले करिब ६४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद सचिवालयले उक्त रकम लिने सम्झौता गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूनडीपीका प्रतिनिधि रेनउड मेएरबीच ५९ लाख १५ हजार २५७ अमेरिकी डलर (६३ करोड ८८ लाख ४७ हजार नेपाली रुपैयाँ) सहयोगको सम्झौता भएको हो। 

बैशाख १० गते भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै नभइ राष्ट्रियसभाका अध्यक्ष्ँ गणेशप्रसाद तिमिल्सिनासमेत अनविज्ञ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.