|

काठमाडौं : फिल्म 'जय भोले'को नयाँ गीत रिलिज भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रामको योजना गर्दै फिल्ममा समावेश 'उम्लियो भने पोखिन्छ' बोलको गीत सार्वजनिक गरिएको हो। लोक लयमा तयार भएको यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ। गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन्।

वसन्त श्रेष्ठको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्ममा प्राय: सम्पूर्ण कलाकारहरु फिचरिङ छन्। भिडियोमा स्वस्तिमा खड्का केन्द्रिय पात्रको रुपमा नाचेकी छिन् भने सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तमाङले पनि नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा राजाराम पौडेल, रामचन्द्र अधिकारी, जयनन्द लामा लगायतलाई पनि देख्न सकिन्छ।

हास्य तथा सामाजिक विषयमा निर्माण भएको फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन्। फिल्ममा दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई व्यक्त गरिएको छ।

आगामी दशैंको फूलपातीमा रिलिज हुने फिल्मलाई निर्देशक शर्माले नै निर्माण गरेका हुन्। एक करोड ६० लाख बजेटमा निर्मित यस फिल्म झापा र इलाममा छायाँकन भएको हो। फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत,वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई राज ढुंगानाले सम्पादन गरेका हुन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.