अधिकांशको रोजाइमा किन पर्‍यो ब्राजिल?

|

धनगढी : बिहीबारबाट सुरु हुँदै गरेको २०१८ फिफा विश्वकप फुटबलको रौनक सबैतिर छ। प्रतियोगिता रसियामा हुन लागेको भए पनि यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन। प्रदेश नम्बर सातमा विश्वकप फुटबलको रौनक बढ्दै जान थालेको छ।

सर्वसाधारण नागरिकसँगै नीति निर्माणको तहमा रहेका र सात नम्बर प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई समेत विश्वकपको रौनकले छोएको छ। कार्य व्यस्तताले विगतमा जस्तो समय मिलाएर हेर्न नपाए पनि उनीहरुले विश्वकपमा आफूले रुचाएको टिमले जितोस् भन्ने चाहना व्यक्त गरेका छन्।

अधिकांशको रोजाइमा ब्राजिल

प्रदेश नम्बर सातका प्रदेश प्रमुख मोनहराज मल्लले आफ्नो रोजाइको टिम ब्राजिल रहेको बताए। प्रदेश प्रमुख मल्लले भने, ‘यसपटकको विश्वकपको उपाधिका लागि ब्राजिल पहिलो दाबेदार होजस्तो लाग्छ।’ खेलाडीको समन्वयका कारण आफू ब्राजिलको समर्थक रहेको उनले बताए।

प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टको रोजाइको टिम पनि ब्राजिल नै रहेको बताएका छन्। ब्राजिलका नेइमार उनलाई उत्कृष्ट खेलाडी लाग्छ। ‘नेइमार राम्रो लाग्छ, अनि ब्राजिल पनि,’ मुख्य मन्त्री भट्टले भने। सभामुख अर्जुन बहादुर थापाले पनि ब्राजिको खेल रुचाएको बताए।आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले ब्राजिलको टिम मनपर्ने, तर खेलाडी भने अर्जेन्टिनाका मेस्सी मनपर्ने बताए। ‘टिम ब्राजिल ठिक छ, खेलाडी मेस्सी मनपर्छ’ शाहले भने। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पोर्चुगल र क्रिस्चियानो रोनाल्डोको समर्थक रहेको बताए ।

तिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले यसपटक ब्राजिलले जितोस् भन्ने चाहना रहेको बताए। ‘निकै व्यस्त भएकाले खेल हेर्ने समय नहुन सक्छ, तर ब्राजिलको खेल मनपर्छ’ मन्त्री बोहराले बताए।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तारा लामा तामाङको रोजाइ भने भिन्न छ। उनी साउदी अरबको पक्षमा रहेको बताउँछन्। ‘नेपाल र नेपालीसँग अरूभन्दा नजिकको सम्बन्ध छ त्यसैले मेरो रोजाइमा साउदी अरब छ’ तामाङले भने।

नपाली कांग्रेसका  संसदीय दलका नेता रणबहादुर रावलको रोजाइ ब्राजिल रहेको उनी बताउँछन्। ‘पेलेको खेलदेखि नै मेरो रोजाइ ब्राजिल हो’ रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.