|

काठमाडौं : नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म 'रोजी'को छायाँकन रोकिएको छ। चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलको निर्देशनमा फिल्मको छायाँकन रोकिएको हो।

फिल्म ‘रोजी’ सन् २०११ मा भएको रोजी महर्जन हत्याकाण्डसँग सम्बन्धित छ। त्यसैले रोजीको परिवारले मृत छोरीमाथि अन्याय भएको हुनसक्ने भन्दै छायाँकन रोक्न माग गरेको हो। रोजीको परिवारले फिल्मको कथामाथि छानविन गर्न विकास बोर्डलाई आग्रह समेत गरेको छ।

फिल्मको कथामा छलफल गरेर सहमति गरेर मात्र छायाँकन सुरु गर्न विकास बोर्ड अध्यक्ष पौडेलले निर्माण युनिटलाई सुझाव दिएकी छिन्।

निरक पौडेल निर्देशित फिल्ममा प्रदीप खड्का, परमिता आरएल राना, मिरुना मगर, कर्मालगायतको मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.