|

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा  फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदल यात्रुको मृत्यु भएको छ।

झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका ४ बैतोडाका अन्ताजी ३८ वर्षीय खडकसिंह जाग्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश प्रसाद अवस्थीले बताए।

बेलौरीबाट आँप बोकेर आउँदै गरेको गाडीले जाग्रीलाई झलारी बजारमा ठक्कर दिएको उनले बताए। ढुवानीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडीका चालक फरार भएका छन्। मृत जाग्रीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.