|

उदयपुर : गाईघाट–फत्तेपुर सडकको ट्रयाक खुलेको ५१ वर्ष भयो। तर, उदयपुरकै पहिलो सडकमा मानिने उक्त खण्डमा पर्ने खोलानालामा कजवे, कल्भर्ट र पुल केही पनि बन्न सकेका छैन।

जिल्लाकै सबैभन्दा पुरानो सदरमुकाम उदयपुरगढी हुँदा सप्तरीलगायत बाहिरी जिल्लासँग जोड्न सडक निर्माण गरिएको बताइन्छ। ३१ किलोमिटर दूरीका सडकमा पर्ने दर्जनौं खहरे खोलामा बर्खायामा यातयात ठप्प हुने गरेको छ। हिउँद याममा पनि कष्टकर रुपमा यायतात सञ्चालन हुने गरेको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष ध्रुव खत्रीले बताए। उनले भने, ‘कस्को बेवास्ताले भन्नु अझै पनि सडकमा पर्ने खोलानालमा पुल बन्न सकेका छैन।’ 

उक्त सडक उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका हुँदै सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरसँग जोडिन्छ। दुई वर्षयता विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण सडक सुदृढीकरण परियोजनाले उक्त सडकको स्तरोन्नति मात्र गरेको छ। 

जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयमा रहेको परियोजनाले मोतीगढादेखि जोगिदहसम्म करिब ११ किलोमिटर वटासिल, बाँकी भाग वटासिल नभए पनि स्तरोन्नति गरेर धुलेसडक बनाइएको प्राविधिक कार्यालय उदयपुरले जनाकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.