काठमाडौं : फिल्म 'कस्मिक लभ' निर्माणको घोषणा गरिएको छ। शुक्रबार राजधानीको अन्नपूर्ण होटलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको शुभमुहूर्त पनि गरियो।
अर्पण थापा, प्रशान्त तम्राकार, रोविन तामाङ र दिया मास्केको मुख्य भूमिका रहने यस फिल्मलाई शंकर अधिकारी र विएस बलामीले निर्देशन गर्नेछन्। यस फिल्मबाट रिजन थापा र पूजन थापाले पनि डेब्यु गर्दै छन्।
'मुभी मेकर्स'को व्यानरमा निर्माण हुन लागेको यस फिल्मलाई जय गौतमले निर्माण गर्न लागेका हुन्। फिल्मका प्रस्तुतकर्ता सुरज प्रधान हुन्। शेखर ज्ञावलीको कथा रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बाबु साहेबको द्वन्द्व, सुरेश बज्राचार्यको छायांकन रहनेछ। फिल्मलाई विपीन मल्लले सम्पादन गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।