|
फोटो : नारायण शाही

गोरखा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग निर्माणको उद्घाटन गर्ने क्रममा महानगर प्रमुखले डोजर चलाउँदा पाँचजना घाइते भएका छन्। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दा डोजर चलाएपछि डोजरले नजिकै रहेको रेलिङ हानेपछि पत्रकारसहित पाँचजना घाइते भएका हुन्।

कार्यक्रममा पुगेका पत्रकारहरु गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ, सोही ठाउँकी गौरी पौडेल लगायत अन्य पाँच जना रहेको घाइते पत्रकार अधिकारीले टेलिफोनमा जानकारी दिए।  घाइते मध्ये पौडेलको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

कार्यक्रमका प्रमुख अतिथि रहेका जिसीले डोजरका अपरेटरले चलाउने लिभर चलाइदिँदा घटना भएको थियो। महानगरले वडा नं १८ को अँधेरी ६ किलोमिटर पैदलमार्ग बनाउन लागेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मेयर भइसकेपछि त प्लेन, हेलिकप्टर र रकेट त हाँक्न आउँछ, डोजरको के कुरा । त्यत्रो मेयरजस्तो मान्छेले डोजर चलाउँदा पाँचजना मात्र घाइते भएको पनि छाप्ने ? ठूलो पदमा हुनेहरू जेमा पनि विशेषज्ञ हुन्छन् ।

  • मेयरजस्ताे मान्छेले डाेजर चलाउँदा पाँच जना मात्र घाइते ? यसरी मेयरकाे अपमान गर्नुभएन है । बढी तलब खाने, बढी धन हुने र ठूलाे पदमा हुने सबै जना सबैथाेकका विशेषज्ञ हुन्छन् भन्ने बुझ्नुपर्दैन ?