|

दार्चुला : दार्चुला र धारचुलाका वनकर्मीहरूले सीमा वारपार हुने अवैध ओसारपसार,चोरी सिकारी रोक्न सूचना आदान प्रदान गर्ने भएका छन्। सीमा वारपार हुन सक्ने आखेटोपहार ओसारपसारको नाकाहरूमा निरन्तर अनुगमन गर्ने, सूचना आदान प्रदान गर्ने तथा अवैध क्रियाकलाप हुन सक्ने क्षेत्र पत्ता लगाउने जस्ता विषयमा दुई देशका अधिकारीहरूबीच समन्वय गर्न दुई देशका वन अधिकारीहरू तयार भएका हुन्।

जिल्ला वन कार्यालयमा बिहीबार बसेको दुई देशका वन अधिकारीहरूको बैठकले सिमावारपार हुन सक्ने यस्ता अबैध क्रियाकलाप नियन्त्रण गर्न सूचना आदान प्रदान र सम्भावित क्षेत्रहरूको अनुगमन गर्ने निर्णय गरेको हो।

बैठकमा नेपालका तर्फबाट जिल्ला वन अधिकृत संजय तिवारी, अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय, सहायक वन अधिकृत अमरसिंह धामी, रेन्जर रणेन्द्र सिंह र सहायक लेखापाल दिपक धामी तथा भारतीय पक्षका तर्फबाट भारतीय वन विभाग धारचुला क्षेत्र वन अधिकारी सुनिल कुमार,फरेस्ट बिट अफिसर नन्दाबल्लभ जोशीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.