|

सिंहको मुलुक फेरि एकपटक विश्वकपमा तहल्का मचाउन तयार छ। २० वर्षअघि फ्रान्समा समूह चरणबाटै दुख बिदाइ लिएको मोरक्को त्यसपछिको विश्व कपमा अन्तिम १६ सम्म पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको थियो।

यसपाली रुसमा खेल्न छनोट भएका टोलीहरू मध्ये मोरोक्को मात्र त्यस्तो एउटा टोली हो, जसले छनोट चरणका खेलहरूमा एक गोलसमेत व्यहोर्नु परेन। सो टोली अहिले आक्रामक र रक्षात्मक हरेक क्षेत्रमा दमदार बनेको छ।

यो उनीहरूको कडा परिश्रमकै नतिजा हो। अनुभवी करिम अल अहमदी, मुबारेक बोसोफा तथा युभेन्टस्का मेहदी बेनाटिया हरेक चुनौतीको सामना गर्न तत्पर देखिन्छन्। त्यसमाथि हकिम जिएचको तिख्खर खेल अनि नर्डिन अम्राबतको तागतिलो खेलले मोरोक्कोलाई झनै बलियो बनाएको छ। प्रशिक्षकका रूपमा हर्भ रेनार्ड तथा उनका सहयोगी प्याट्रिक बेमेलको योजनाले पनि सो टोलीलाई ‘डार्क हर्स’ बनाउन सक्छ।

कसरी छनोट : अफ्रिकी समूह बि (तेस्रो चरण) को विजेता, आइभोरिकोस्टभन्दा अगाडि
खेल्ने शैली : ४–५–१
स्टार खेलाडी : हकिम जिएच (एजाक्स)
पच्छाउनुपर्ने खेलाडी : सोफियान बुफल (साउथह्याम्पटन)
प्रशिक्षक : हर्भ रेनार्ड
उपाधिको सम्भावना : २५०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.