|
www.pulse.ng

इरानले लगातार दोस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो। कार्लोस क्वेरोजको प्रशिक्षणमा रहेको टोली लगातार १२ खेलमा अविजित रहेपछि एसियाबाट यो विश्व कपको अन्तिम चरणमा छनोट हुने पहिलो मुलुक पनि बनेको थियो।

क्वेरोजले यसपाली ‘रियाक्टिव फुटबल’ खेल्ने योजना बनाएका छन्। जसमा शसक्त रक्षा पंक्ति र चलाख अनि छरितो ‘काउन्टर एट्याक’ ले उनलाई सघाउने छ। 
यद्यपि, रुस, पाना र भेनेजुयलाविरुद्ध खेलेका मैत्रीपूर्ण खेलहरूमा भने इरानले फरक–फरक रणनीति अपनाएको थियो। साथै यसपटक इरानबाट खेल्ने धेरैजसो खेलाडी विदशेमा बसोबास गरिरहेका नै छन्। 

कसरी छनोट : एसियाली समूह ए (तेस्रो चरण) को विजेता
खेल्ने शैली : ४–२–३–१
स्टार खेलाडी : सरदार अजमन (रविन काजान)
पच्छाउनुपर्ने खेलाडी : समन घोडोज् (ओस्टरसन्ड)
प्रशिक्षक : कार्लोस क्वेरोज

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.