|

सुर्खेत : कर्णाली प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरको छ।

जसमध्ये कूल विनियोजन मध्ये चालु तर्फ रु. ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगत तर्फ रु. २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार तथा वित्तीय व्यवस्थापन तर्फ रु. ४० करोड विनियोजन गरिएको छ।

बजेटको मूलभूत उद्देश्य प्रदेशको विकास र समृद्धिको यात्रा सुनिश्चित गरी समाजवादको बाटो तय गर्ने भनिएको छ। जसका लागि आर्थिक तथा सामाजिक असमानता र विभेदको अन्त्य गर्दै समृद्धि हासिल गर्ने, सहज जीवनयापन र आर्थिक समृद्धिका लागिभौतिक पूर्वाधारको विकास गर्ने तथा मानव अधिकार संरक्षण तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन एवं प्रभावकारी रुपमा परिचालन गर्ने उद्देश्य राखेको छ।

यसैगरी कृषिको व्यावसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि एवं खाद्य सुरक्षा सुनिश्चित गर्दै आत्मनिर्भरतातर्फ उन्मुख हुने, पर्यावरणमैत्री र प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्ने, भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासन कायम गर्ने उद्देश्य राखिएको छ।

कर्णाली सरकारका बजेटकमा प्राथमिकताहरूमा सडक, यातायात, जलस्रोत, उर्जा, खानेपानी, सहरी पूर्वाधार, सिँचाइ, सूचना, सञ्चार तथा प्रविधि जस्ता विकासका भौतिक पूर्वाधारहरूको विकास गर्ने परेको छ।

त्यस्तै कृषि, वन, जडीबुटी, पर्यटन र उद्योग क्षेत्रको विकास गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका सामाजिक क्षेत्रको विकास गर्ने तथा शान्ति सुरक्षा तथा अत्यावश्यक सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गरी नागरिकलाई अनुभूति हुने किसिमको सुशासन प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

यसैगरी मानव स्रोत विकास गर्ने,कानुन निर्माण गर्ने र कर्णाली प्रदेशको सामग्रिक विकास योजना मार्गचित्र तयार गर्ने कुरालाई प्राथमिकाका साथ बजेटमा राखिएको छ।

यस्तो छ बजेटको पूर्णपाठ


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.