|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बागफाँटाका वडा अध्यक्षसहित तीनजना सदस्यहरू शुक्रवार स्थानीय किसानले पाँचघण्टा कार्य कक्षमै थुनेका छन्। शुक्लाफाँटा कृषि सहकारी संस्थामा २५ दिन अघिदेखि लगाइएको तालाबन्दी वडाअध्यक्ष सहितका पदाधिकारीले तोडेपछि आक्रोशित किसानले वडा अध्यक्ष दामोदर महरा, वडा सदस्य धर्मानन्द भट्ट, साहेव राना, चम्पा सुनार सहितका पदाधिकारीलाई कार्य कक्षमै थुनेका हुन्।

प्रहरीले थुनिएका पदाधिकारीलाई पाँच घण्टापछि मुक्त गरेका थियाे। सहकारी संस्थामा सञ्चालन भएको प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गतको धान जोन कार्यक्रममा कृषि उपकरण वितरण कार्यमा अनियमियता भएको आरोप लगाउँदै किसानहरूले तालाबन्दी गरेका थिए। 

पावर टिलर, पम्पसेट र ट्याक्टर लगायतका कृषि उपकरण वितरणमा सहकारीका पदाधिकारीले सेयर सदस्य र गैर सेयर सदस्यलाई मापदण्ड विपरित वितरण गरेपछि तालाबन्दी गरिएकाे सहकारीका संस्थापक सदस्य एवं वडा सदस्य सन्तोषी ऐडीले भनिन, ‘अनियमियता छानविन गर्नका लागि वडा कार्यालयलाई पटकपटक आग्रह गर्दा उल्टै सहकारीमा लगाइएको ताला तोडेपछि वडा अध्यक्ष सहितका पदाधिकारीलाई थुनेका हौं।’ 

अनियमियताको निष्पक्ष रुपमा छानविन नगरे नगरपालिका कार्यालयमै तालाबन्दी गरिने उनले बताइन्। वडा अध्यक्ष दामोदर महराले धान जोन काञ्चार्यक्रम सलन गर्न एक दिन मात्रै बाँकी रहँदा सहकारीमा लगाइएको ताला तोड्नु परेको बताए। 

सहकारीलाई कार्यक्रमअन्तर्गत  उपलव्ध गराइएका कृषि उपकरणको रकम विवादका कारण उपलव्ध नभएपछि एजेन्सीले सबै उपकरण फिर्ता लगेर गएको छ उनले भने, ‘कार्यक्रम सञ्चालनका लागि ल्याइएका उपकरण फिर्ता भइसकेपछि अनियमियताको कुरा रहीरहे।’ राजनीतिक पूर्वाग्रहका कारण विवादलाई बढाइएको उनको भनाई रहेको छ।

सहकारीका अध्यक्ष दशरथ भण्डारीले अनियमियताको आरोपलाई खारेज गर्दै राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष रुपमा छानविन गरिनुपर्ने बताए। 'निष्पक्ष छानविन गरियोस्,' उनले भने, 'यसका लागि हामी तयार छौं। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.