|
Photo : yonep.com

काठमाडौं : नेपाल–भारत प्रवुद्ध समूहको दोस्रो बैठक मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ। बैठकमा भाग लिन समूहका नेपालतर्फका सदस्यहरु सोमबार नयाँ दिल्ली पुगेका छन्। 

बुधबारसम्म चल्ने बैठकमा नेपालले सन् १९५० मा भएको नेपाल-भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयलाई प्राथमिकतामा राखेको छ। यसका साथै अन्य दुईपक्षीय सन्धी एवं सम्झौता संशोधन, अद्यावधिक र आवश्यक परे खारेजी लगायतका एजेण्डामा सरकारलाई सुझाव दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। 

बैठकमा भारतीय पक्षले भने पारवहन सन्धी पुनरावलोकनको विषय राख्ने तयारी गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गएको फागुनमा सम्पन्न भारत भ्रमणका क्रममा गठित प्रवुद्ध समूहको बैठक गएको जुलाइमा काठमाडौंमा भएको थियो। 

समूहमा नेपालका तर्फबाट कुटनीतिज्ञ डाक्टर भेषबहादुर थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्व मन्त्री निलाम्बर आचार्य सदस्य रहेका छन्। भारतका तर्फबाट पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवन चन्द्र उप्रेती तथा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.