अाज र भोलि पानीमा नभिज्न चिकित्सकको सुझाव
अाज र भोलि पानीमा नभिज्न चिकित्सकको सुझाव
काठमाडौं : भारतका विभिन्न प्रदेशको प्रदूषणका कारण नेपालमा पनि हिलोसहितको वर्षा भएको छ। देशैभर परिरहेको पानीमा हिलो आएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
नेपालगञ्जज, बुटवल, वीरगञ्ज, पोखरा, विराटनगर र काठमाडौंसहित देशैभर हिलोसहितको वर्षा भएको हो। भारतको राजस्थान र नयाँ दिल्ली सहित विभिन्न प्रदेशमा उत्पन्न भएको प्रदूषण हावाको माध्यमबाट हिमालयको नजिक आएको र पानीसँगै जमिनमा झरेको पौडेलले बताए।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै विषाक्त तथा हानिकारक छ। अहिले पनि धुलो सहितको प्रदूषणले देशैभर मौसम धुम्मिएको छ। चिकित्सकले नेपालमा शनिबार पनि पानीसँगै हिलो अाउनसक्ने भन्दै यसबाट बच्न सुझाव दिएका छन्। धुलोमा रासायनिक पदार्थको समेत मिश्रण भएकाले मानव स्वास्थ्यलाई हानि गर्ने उनीहरूको भनाइ छ।
नेपालको पहाडी क्षेत्रका कतिपय ठाउँमा वर्षायाममा संकलन गरिएको पानी खानेपानीका रूपमा प्रयोग गर्ने चलन छ। शुक्रबारदेखि आइतबारसम्मको पानी प्रयोग नगर्न मौसमविद् पौडेलले सुझाव दिए। आइतबारदेखि वायुमण्डल सफा हुने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।