|

काठमाडौं : देवी पन्थीद्वारा लिखित पुस्तक 'नेपाली गजलको परिवर्तित स्वरूप' विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले को विमोचन गरेका हुन्। विमोचित पुस्तकको टिप्पणी डा घनश्याम न्यौपाने परिश्रमीले गरेका थिए । उपकुलपति विष्णुविभु घिमिरे र सद्स्यसचिव जीवेन्द्रदेव गिरी उपस्थित रहेको कार्यक्रममा डा उद्धव पोखरेल, खेम नेपाली, रामप्रसाद पन्त, माया पौडेल आदिले टिप्पणी थप्दै पुस्तकको चर्चा गरेका थिए।

टिप्पणीकर्ता परिश्रमीले पुस्तकमा गजलबारे नयाँ खोज, अनुसन्धान र विचार समावेश गरिएको र यसलाई स्वीकार गरिएको खण्डमा यो पुस्तक महत्त्वपूर्ण हुने बताए । पुस्तकमा सजिलै सहमत हुन सकिनेदेखि बहस हुनैपर्ने विषय समावेश भएको बताए ।

प्रमुख अतिथि उप्रेतीले पुस्तक धेरै खोज अनुसन्धान गरेर तयार पारिएको बताउँदै गजल समालोचनाको क्षेत्रमा पुस्तक महत्त्वपूर्ण ठहरिने उपलब्धि भएको बताए। कुलपति उप्रेतीले लेखकको पुस्तक पठनीय संग्रहनीय रहेको सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.