|

दाङ : जिल्लाका खोलााहरूमा समयमै पुल निर्माण कार्य पूरा नभएपछि स्थानीयहरू त्रसित बनेका छन्। वर्षादमा वारपार गर्ने कार्य नै बन्द हुन्छ, की भन्ने चिन्तामा स्थानीय छन्।

तुलसीपर ५ का रतिराम बिक मोटरसाइकलमा घोराही जाँदै थिए। तुलसीपुर बजारको धुलो खाँदै तुलसीपुर–घोराही सडक खण्डको पत्रेखोलामा पुगेका उनलाई मनमा डर पैदा भयो।  वर्षादको समय आउन अब धेरै दिन बाँकी छैन्।

असार, साउन, भदौमा आउने वर्षादले विगतका वर्षहरूमा पनि स्थानीयलाई सास्ति दिँदै आएको थियो। कारण दाङको तुलसीपुर–लमही सडक खण्डमा निर्माणाधीन पुल र वर्षादमा आउने बाढी नै हो। विगतका वर्षहरूमा बाढीले धेरै मोटरसाइकल र गाडीहरू बगाएको याद ताजै छ।

यस वर्ष झन पुल निर्माण कार्य अधुरै छ, जसले गर्दा हिलो र बाढीमा सवारी आवतजावत गर्न सम्भव छैन्। यसले वर्षादको समय भर कहिल्यै आवतजावत नै त ठप्प हुने होइन, उनको मनमा यही शंका पैदा भयो। ‘विगतका वर्षहरूमा मोटरसाइकल बगाउने गरेका उदाहरण हामी माझ छन’ उनले भने ‘अहिले झनै खोलाहरूमा पुल निर्माण कार्यले पूर्णता पाउन सकेको छैन, झनै हिलाम्मे हुन्छ, यसले आवतजावत नै ठप्प पार्ने डर छ।’

उनी मात्रै होइन, अहिले धेरै स्थानीयको त्रास यस्तै छ। लामो समयदेखि दाङका खोलाहरूमा पुल निर्माणको कार्यले पूर्णता पाउन सकेको छैन, यसले गर्दा स्थानीय मारमा पर्न बाध्य छन्।

डिभिजन सडक कार्यालय दाङले पनि यो आर्थिक वर्षसम्म खोलाहरूमा पुल निर्मार्णको कार्यले पूर्णता नपाउने बताएको छ। डिभिजन सडक कार्यालय दाङका सूचना अधिकार दुर्गा गौतमले भने ‘ठेकेदारहरूको कामलाई नियाल्ने हो भने यो आर्थिक वर्षमा खोलाहरूमा पुल निर्माणको कार्यले पूर्णता पाउने अवस्था छैन्।’

सहज डाईभर्सन पनि नहुँदा स्थानीयले यस अघि नै समस्या भोग्दै आएका थिए। सूचना अधिकारी गौतमका अनुसार अहिलेसम्म दाङका कुनै पनि खोलाहरूमा ५० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ, त्यो भन्दा काम अघि बढ्न सकेको छैन्।

सडक निर्माण गर्दाका खाल्डाखुल्डी र चिप्लो बाटो भएकाले गाडी चिप्लने र फस्ने समस्याले दैनिक जाम हुने गर्छ। पुल निर्माणका क्रममा 'कज वे' भत्काएपछि झनै समस्या हुने गरेको स्थानीय बताउछन्। तुलसीपुर–लमही सडक खण्डका १० वटा खोलामा अहिले पुल निर्माण कार्य भइरहेको छ। तीन किलोमिटर फरकका खोलाले यात्रा निकै जोखिमपूर्ण गरेको छ।

लमही तुलसीपुर खण्डको चौपट्टादेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोला छन्। वर्षामा खोलाले बगाएर मानिसको ज्यानै जाने गरेको छ। तीन वर्षअघि ग्वार र काला खोलाले बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए। यीमध्ये पाँचवटा खोलामा पुलको काम सुरु भए पनि गति सुस्त छ।

बबई, कटुवा, गुज्रे, पत्रे र संक्राममा पुल बनाउन थालेको लामो समय बित्यो तर ठेकेदार र सडक डिभिजनको लापरबाहीले काम अघि बढेको छैन। अहिले पनि समयमै काम नभए वर्षातमा आवतजावतै कष्टकर हुने छ। अन्य खोलामा केही काम भए पनि कटुवा र पत्रे खोलामा कुनै प्रगति हुन सकेको छैन। यी खोलाका पुलमा सबैभन्दा बढी लापरबाही भएको छ । यहाँ सबैभन्दा पहिले निर्माण थालिएको हो । पछि काम सुरु गरेका संक्राम, गुर्जे र बबईमा काम धेरै अघि बढ्दा पनि यहाँ कुनै प्रगति हुन सकेको छैन । यी खोलामा पुल निर्माण गर्ने ठेक्का लिएको शंकर माली कन्स्ट्रक्सनले काममा लापरबाही गरिरहेको छ ।

शंकरमालीका प्रतिनिधि पदम शर्माले काममा गैरजिम्मेवार भएको भन्दै सबैतिरबाट आक्रोश व्यक्त भइरहेको छ। यही आक्रोशबीच चन्द नेतृत्व नेकपाले उनलाई कालो छ्यापेर सांकेतिक कारबाही गरेको जनाएको छ। बबई र गुज्रे खोलाको ठेक्का अनक वज्रगुरु निर्माण सेवा र संक्राम खोलाको रौताहा कन्स्ट्रक्सनले लिएको छ ।

शंकरमालीभन्दा यी कम्पनीले केही प्रगति गरेका छन्। एउटै व्यवसायीले धेरै योजना लिने र समयमा काम नगर्ने समस्या बढदै गएको छ। शंकरमालीले कटुवा खोलाको पुल निर्माणमा लापरबाही गरिरहेका बेला पत्रे खोलाको पुल र घोराहीको चार लेन सडकको पनि जिम्मा दिइएको छ। मुख्य निर्माण कम्पनी फिल्डमा नखट्ने र प्रतिनिधिका रूपमा झोलेलाई खटाउने प्रवृत्तिले समयमा काम नभएको छ। यस्तो गलत प्रवृत्तिप्रति सडक डिभिजन कार्यालय मुकदर्शक बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.