|

अर्जेन्टिनाका स्टार फवार्ड लियोनेल मेसीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना पहिलो पटक १९९० पछिको विश्वकप उदघाटन खेलमा जित निकाल्न असफल भयो। यद्यपि अर्जेन्टिना १९९० मा क्यामरुनसँग पराजित भएपनि त्यो बेला फाइनल सम्म पुगेको थियो।

आइसल्यान्डका लागि यो पहिलो विश्वकप यात्रा हो। जसलाई सनसनी बनाउने क्रममा उसले उपाधि दाबेदार अर्जेन्टिनालाई बराबरीमा रोक्यो तर यसअघि सेनेगलले आफ्नो डेब्यु खेलमा जित निकालेको थियो।

अर्जेन्टिनाले खेल अवधिभर १६ वटा सट प्रहार गर्‍यो जसमा मेसीले मात्र ११ प्रहार गरेका थिए। यो उनले कुनै पनि देशविरुद्ध गरेको यो सर्वाधिक प्रहार हो। जाभियर मास्चोरानाले १ सय ४४ औं क्याप जितेका छन्। उनी भन्दा बढी खेल्ने खेलाडीमा जाभियर जानेटी रहेका छन्।

म्यानचेस्टर सिटीका उत्कृष्ट फवार्ड सर्जिओ अगुइरोले पहिलो पटक विश्वकपमा गोल गरे। यद्यपि उनले राष्ट्रिय टिमबाट भने १९ गोल पूरा गरेका छन्। १९ नम्बर जर्सी लगाएका अगुइरोले १९ गोल गर्दै रोचक संयोग बनाए।

मेसीले क्लब र देशका लागि प्रहार गरेका पछिल्ला सातमध्ये ४ पेनाल्टी मिस गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.