|
Photo : askideas.com

काठमाडौं : आज ५० औं विश्व शिक्षक दिवस। 'शिक्षकहरुको मूल्यांकन : उनीहरुको स्थितीमा सुधार' नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आव्हानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ। 

यो वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ र युनेस्कोको शिक्षकको स्थिती सम्बन्धि सुझाव स्वीकृत गरेको ५० औं वार्षिकोत्सवका रुपमा र विश्वव्यापी शिक्षा सम्बन्धि एजेन्डा विश्व समुदायले स्वीकृत गरेपछिको पहिलो शिक्षक दिवसका रुपमा मनाईंदैछ। दिवसका अवसरमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनमा दिउँसो साढे १२ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.