|

काठमाडौं : अस्वस्थकर वधशालाका कारण देशैभर मासु सेवन गर्नेहरुको स्वास्थ्य जोखिममा रहेको छ। 

अन्तर्राष्ट्रिय मान्यता अनुरुपका वधशाला नहुँदा उपभोक्ता अस्वस्थकर मासु सेवन गर्न बाध्य भएका छन्। स्वस्थकर वधशालाको अभावले मासु व्यवसायमा संलग्न व्यक्ति र उपभोक्ताको स्वास्थ्य जोखिममा रहेको डाक्टर बोधप्रसाद पराजुलीले बताए। उनका अनुसार नेपालमा स्वास्थ्यका लागि आवश्यक मापदण्ड अनुसारका वधशाला छैनन्। 

यसले उपभोक्तालाई जनावरबाट सर्ने रोगको जोखिम हुने गरेको छ। अव्यवस्थित वधशालाका कारण वातावरणमा समेत असर पुगेको डाक्टर पराजुलीले बताए। सरकारले बेलाबेलामा बजेटमै व्यवस्थापनलाई सम्बोधन गरेपनि व्यवहारमा लागू हुन सकेको छैन। वि.सं. २०६० सालमा काठमाडौंको थानकोटमा निर्माण भएको वधशाला व्यवसायीका कारण बन्द भएको छ। सरकारले अनुदान दिँदा समेत व्यवसायीले घरमै वा आफ्नो फर्ममा काट्ने भएकाले वधशाला बन्द भएको हो। 

काठमाडौंमा मासु आपूर्ति गर्ने हिसाबले स्वीस सरकारको अनुदानमा मकवानपुरमा स्थापना भएको पशुवधशालाले स्वदेशी काम नपाएपछि विदेश मासु सप्लाईका लागि काम गरिरहेको छ। बर्दिया, सुनसरी लगायतका जिल्लामा वधशाला संचालनमा आएपनि स्वास्थ्यका लागि आवश्यक मापदण्ड पुरा गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.