|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा अध्यक्ष रहेको फर्चुना इन्भेष्टमेन्ट प्रालीले चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्टबाट करिव पाँच अर्ब रुपैयाँ लगानी ल्याउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बुधबार दुई कम्पनी बीच लगानी ल्याउने सहमति भएको हो।

सझौताअनुसार अध्यक्ष राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौन ५ अर्ब रुपैयाँ नेपालमा चिनीया लगानी आउनेछ। यो सम्झौतामा राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार यो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले बताए। विशेषगरी उच्च पहाडी भुभागमा कृषिजन्य बस्तुको उपलब्ध, आधुनिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य बस्तुको उत्पादन र  गरी गुणस्तरीय कृषिजन्य बस्तुको चीन निकासीमा सो लगानी भित्र्याईने भएको हो।

यसैगरी पूर्वाधार अन्तर्गत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तारमाजस्ता क्षेत्रमा लगानी गरिनेछ। त्यस्तै पर्यटन, होटल र रेष्टुरा क्षेत्रमा यो लगानी प्रयोग हुने पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.