|
प्रतीकात्मक तस्बिर

धनगढी : कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गोदावरी नगरपालिका-२ बनखेतका २५ वर्षीय तोय नाथलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले चेकजाँचका क्रममा नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको घिमिरेले बताए। पक्राउ परेका माथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने घिमिरेले बताए। हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा ६० हजारदेखि एक लाखसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.