|

बुटवल : दुर्इ अर्ब रुपैयाँ आयोजनाको खातामा आएपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा स्थानीयले थालेको आन्दोलन फिर्ता भएको छ। विमानस्थलका लागि जग्गा उपलब्ध गराएपछि मुअब्जा नदिएको भन्दै स्थानीयले सोमबारदेखि आन्दोलन थालेका थिए।

मुआब्जा वितरणका लागि दुर्इ अर्ब रुपैयाँ आइसकेको भोलिबाटै वितरण सुरु गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए। उनका अनुसार आन्दोलन फिर्ता भएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सुरु भएको छ।

एक महिना अगाडि नै मुअब्जा वितरणको लागि अर्थमन्त्रालयबाट पाँच अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएको भन्दै स्थानीयले मुअब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.