|

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले मोरक्को विरुद्ध जीत हासिल गरेको छ।

रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए।

खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो अविजित यात्रा कायम राखेको हो।

शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो।

निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए।

पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.