|

डेनमार्कका खेलाडी जोनास क्नुड्सन छोरीका बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किएका छन्।

विश्वकप खेल्न रुस पुगेका डेनमार्कका डिफेन्डर क्नुड्सन पिता बनेका हुन्। उनकी श्रीमती ट्रिनीले छोरी जन्माएकी हुन्। ट्रिनीले तोकिएको समय भन्दा पहिले नै बच्चा जन्माए पछि विमान चार्टर गरी छोरीको मुख हेरेर फर्किएका छन्।

जोनासले विश्वकपमा शनिबार पेरू विरूद्ध खेलेका थिए। उक्त खेलमा डेनमार्क १–० ले विजयी भएको थियो। उक्त खेलपछि जोनास डेनमार्क गएका हुन्। त्यसका लागि साथीहरूले जेट विमान चाटर्ड गराए। जोनास डेनमार्क पुगेर छोरी हेरेर फर्किएका छन्।

छोरीको मुख हेरेर रुस फर्किएका जोनासले बिहीबार बेलुका पौने ६ बजे हुने अस्ट्रेलियासँग खेल खेल्नेछन्। जोनासले छोरीका लागि डेनमार्कको जर्सी लगेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.