|

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्न आमा बनेकी छिन्। उनले आफ्नो पहिलो सन्तानका रूपमा पुत्रीलार्इ जन्म दिएकी छिन्। आर्डर्नले यसको जानकारी सामाजिक संजाल इन्स्टाग्राममा फोटो सेयर गर्दै दिएकी हुन्।

योसँगै आर्डर्न पद बहाल रहँदै आमा बन्ने दोस्रो प्रधानमन्त्री बनेकी छिन्। आर्डर्नलार्इ डेलिभरीको अनुमानित दिनभन्दा चार दिनपछि आकल्याण्ड सहरको एक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ नै उनले पुत्रीलार्इ जन्म दिएकी थिइन्।

३७ वर्षीया प्रधानमन्त्री आर्डर्नले छ हप्ता सुत्केरी बिदा लिएकी छिन्। अब उनको कार्यभार उपप्रधानमन्त्री विन्सन पिटर्सले समाल्नेछन्। यद्यपि, आफ्नो समयानुकूल क्याविनेटका दस्तावेज अध्ययन गर्ने उनले बताएकी छिन्।

आर्डर्नभन्दा पहिला सन् १९९० मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोले पद बहाल रहँदै छोरीलार्इ जन्म दिएकी थिइन्। उनी नै पद बहालमै आमा बन्ने पहिलो प्रधानमन्त्री थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.