|

‘अहिले हामी जर्मनी, स्पेन वा ब्राजिलको स्तरमा छैनौँ’, प्रशिक्षक डिडियर डेस्च्याम्प्स् भन्छन्, ‘हामीले आफ्नो खेललाई पहिलेस्तरमा झै नियन्त्रणमा राख्न सकिरहेका छैनौँ। तर पनि, हामी प्रतिस्पर्धी टोली हौ, जोसँग अति क्षमता र जित्ने जोस छ।’

छनोट चरणमा फ्रान्सको प्रदर्शन चित्त बुझ्दो रहेन। स्विडेनसँग हार्नु अनि बेलारुस र लक्जेम्बर्गसँग बराबरी खेल्नुले नै फ्रान्सको अवस्था के छ भन्ने बुझाउँछ। तर पनि एन्टोनियो ग्रिजम्यानल केलिन मबापे तथा ओस्मान डेम्बलले प्रशिक्षकलाई आत्मविश्वासी बनाएका छन्। फ्रान्सको आक्रमण चित्तबुझ्दो नै छ।

साथै पाउल पोग्बा र निगोल केन्टले त्यसलाई अझै बलियो बनाउन सक्छन्। थोमास लेमारले रक्षा पंक्तिको जोखिम उठाउने छन्। तर, विश्व विजेता बन्न फ्रान्सले निकै सुधार गर्नुपर्ने देखिन्छ।

कसरी छनोट : युरोपेली समूह ए को विजेता

खेल्ने शैली : ४–४–२ वा ४–३–३

स्टार खेलाडी : एन्टोनियो ग्रिजम्यान (एट्लिको म्याड्रिड)

पच्छाउनुपर्ने खेलाडी : केलिन माबापे (पेरिस सेन्ट जर्मेन)

प्रशिक्षक : डिडियर डेस्च्याम्प्स्

उपाधिको सम्भावना : ११–२

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.