|

काठमाडौं : साउन ११ गतेबाट प्रदशर्नमा आउने फिल्म रोमियो एण्ड मुनाको ट्रेलर रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। प्राय: कलाकार फिचरिङ ट्रेलरमा रोमान्स, प्रेम, विछोड र द्वन्द्वलाई देखाइएको छ। ट्रेलरमा एक राक्षसलाई समेत देख्न सकिन्छ।

नरेश कुमार केसी निर्देशित फिल्ममा विनय श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यको लगानी रहेको छ।

शहरिया केटा र गाउँले केटीको प्रेमकथामा निर्माण भएको फिल्ममा निर्देशक केसीकै लेखन रहेको छ। दिपांकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.