|

काठमाडौं : मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने २५ वटा डेरीलाई कारबाही नहुने भएको छ। कृषिमन्त्रीको नेतृत्वमा ११ दिनअघि गरिएको प्रशोधित दूधको अनुगमनको क्रममा २५ वटा डेरीले हानिकारक सोडा मिसाएको भेटिएको थियो।

खाद्यवस्तुको गुणस्तर नियमन गर्ने ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  यी उद्योगलाई कारबाही गर्ने आधार नै नभएको जनाएको समाचार कान्तिपुर दैनिकमा छ।  कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वको अनुगमनले खाद्य ऐनअनुसार दूधको नमुना संकलन नगरेकाले विभागले सोडा मिसावट गर्ने उद्योगीहरूलाई कारबाही गर्ने आधार नभएको हो।

‘खाद्य ऐनमा नमुना संकलन गरिँदा अनुसूची फाराम भरेर नमुना संकलन गर्नुपर्छ। त्यसो गर्ने अधिकार खाद्य निरीक्षकलाई मात्र तोकिएको छ’, विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘त्यो ऐनले नमुना संकलन गरिँदा अनुसूचीमा रोहबरमा पनि हस्ताक्षर गराउनुपर्छ भनेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.