|

चितवन :  लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध चितवनमा साताव्यापी कार्यक्रम शुरु भएको छ। लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसर पारेर जिल्लामा आगामी असार  १२ गतेसम्म साताव्यापी रुपमा सचेतनामुलक कार्यक्रम गर्न थालिएको हो। 

दिवस मुल समारोह समितिका संयोजक एंव चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले यही असार ६ गतेदेखि १२ गतेसम्मै विभिन्न कार्यक्रमका साथ दिवस मनाउन थालिएको जानकारी दिए। 

उनका अनुसार असार ६ गते भरतपुर कारागारका कैदी र थुनुवाहरुलाई सचेतनामुलक जानकारी गराईएको र असार ७ गते औषधी व्यवसायीहरुसँग छलफल गरिएको छ।  यस्तै आज ८ गते चलचित्र हलहरुमा चलचित्र प्रदर्शन हुनु अघि लागु औषधविरुद्ध सूचना सन्देश प्रशारण गर्न भनिएको छ। यही असार ८ देखि १० गतेसम्म रिकभरी नेपालको सहकार्यमा विभिन्न स्कुलमा लागुऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ।  

यस्तै असार ९ गते जिल्लाका फार्मेसीहरुको अनुगमन गर्ने, १० गते प्रहरीले विभिन्न क्षेत्रमा पुगेर गाँजा फँडानी गर्ने, ११ गते लागु औषध विरुद्ध अन्तर मावि वक्तृत्वकला प्रतियोगिता र १२ गते प्रभातफेरी र सचेतनामुलक अन्तरक्रिया गरेर कार्यक्रम समापन गरिने समितिले जनाएको छ। यस्तै पत्रकार महासंघको समन्वयमा साताभर नै विभिन्न मिडियाबाट सचेतनामुलक सूचना जारी गर्न समेत भनिएको  प्रजिअ बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.