|

बाँके : मोटरसाइकलले ठक्कर दिँदा कोहलपुरमा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले गएराति पैदल यात्री कोहलपुर– ५ का ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो । 

बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले गम्भीर घाइते परियारको उपचारका क्रममा मेडिकल कलेजमामा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक बासगढी–६ का ३८ वर्षीय दन्ननाथ बुढाथोकी घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.