|

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा जर्मनीलाई सनसनिपूर्ण रूपमा पराजित गरेको मेक्सीकोविरुद्ध शनिबार एसियन सहभागी दक्षिण कोरिया प्रतिष्पर्धा गर्दै छ। शनिबार राति ८:४५ बजे हुने प्रतिष्पर्धामा मेक्सीकोविरुद्धको कोरियाले जीत निकाल्नु पर्ने दबाबमा छ।

समूहमा सहज प्रतिद्वन्द्वी मानिएको कोरियालाई हराउँदै मेक्सीको नकआउचरण पुग्ने ध्याउनमा हुने छ। पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित भएकाले नकआउट सम्भावना कायमै राख्नपनि जित निकाल्नु पर्ने दबाब कोरियालार्इ हुनेछ। मेक्सीकोलाइ फुटबलमा नकआउट चरणमा संधैको दाबेदार मान्ने गरिन्छ। यो पटक पनि उसले आफ्नो नकआउट दाबेदारी बलियो बनाएको छ।

साविक विश्व विजेता जर्मनीमाथी १-० को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक बनाएकाले मेक्सीको एक खेलअगावै नकआउट चरणमा पुग्नका लागि कोरियाविरुद्ध जितका लागि प्रतिष्पर्धा गर्ने छ। कोरियालाई पराजित गरेमा ६ अंकका साथ मेक्सीको छनोट हुने छ। यस्तोमा जर्मनी र स्वीडेन मध्ये एक टिम बाहिरिने निश्चित हुने छ।

दक्षिण कोरिया र मेक्सीको एक अर्का विरुद्ध परिचित प्रतिद्धन्दि हुन्।  यीबीच ११ पटक एक अर्का विरुद्ध प्रतिष्पर्धा भएको छ जसमा मेक्सीकाले ६ पटक जित निकाल्दा कोरियाले ४ पटक जित हासिल गरेको छ। यि दुईबीच एकपटक खेल बराबरी भएको छ। पछिल्लो पटक मैत्रिपुर्ण खेलमा २०१४ मा मेक्सीको ४-० ले विजयी भएयता भने दुबै टिम आमुन्ने सामुन्ने भएका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.