|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमखु नभएको बताएका छन्।

शनिबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-८ मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा कार्यक्रममा बोल्दै उनले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने कार्यको संस्थागत विकासको कोसे ढुंगाको रूपमा सगुन ताम्राकारको पार्क स्थापना भएको बताए। इतिहास धेरै लेखिन्छन्, तर स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय गौरवका ईतिहासहरु तथा जनताको इतिहास लेख्नु कुरा निकै चुनौतीपूर्ण भएको उल्लेख गरे।

‘राजा महाराजाहरूको इतिहास खोपीमा बसेर लेखिन्छ तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ।’ मन्त्री बाँस्कोटाले भने, ‘संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र शहीद सगुन ताम्राकार बन्नुभएको छ।’

कार्यक्रममा बोल्दै उनले जनताको आशा आकांक्षा धेरै रहेको र स्रोत र साधन प्रसस्तै भए पनि पुँजी निर्माणको प्रक्रियामा धेरै पछाडि रहेको बताए। ‘संसारमा हुने स्रोत र साधन नदी, पानी, खानी, वन जंगल जडिबुटी हिमालहरु हुन् र मान्छेहरु त्यही शिल्पीहरू जसले परिश्रमी हातहरूलाई चलाएर धनी भए’ उनले भने, ‘तर हामीले त्यसलाई सही सदुपयोग गर्नको निमित्त न्यायपूर्ण समाज ब्यवस्था सुशासनतर्फ उन्मुख रहेको न्यायपूर्ण सिद्धान्तको आवश्यक पर्थ्यो, त्यसैको निमित्त उहाँले बलिदानी गरेर यो अवस्था आयो ।’

यस्तै बलिदानीपूर्ण संघर्षबाट नेपालमा ७० वर्षभित्रमा तीनवटा क्रान्तिकारी राजनीतिक परिवर्तनहरू गरेको उल्लेख गर्दै पछिल्लो परिवर्तण गुणात्मक भएको र जसले नेपाललाई गणतन्त्रमा संस्थागत गर्‍यो।

उनले अब वंश र अरु कुनैको आधारमा राज्य चल्ने होइन, जनताद्वारा निर्वाचित शक्तिको आधारमा सरकार चल्छ र त्यो लोकतान्त्रिक हुने बताए। अहिले प्रतिपक्षि दलले अफवाह फैलाउने काम गरेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, ‘समाजवाद, समृद्धिको मुद्धा र अभियानले अधिनायकवाद ल्याउँछ भने गरिबीको वितरणले कुन वाद ल्याउँछ?’ उनले सरकार भ्रष्टाचारविरुद्ध निमर्मताको प्रयोग गर्दा मानिसहरू अधिनायकवाद आउनै लाग्यो भन्छन् भने अब यस्तो अधिनायकवाद हजार चोटी आउने बताए। ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो, त्यसलाई समाप्त गरिदिनुपर्छ’, उनले भने।

सो अवसरमा बोल्दै बास्कोटाले सरकार अघि बढ्नको निम्ति समयको सदुपयोगसंगसंगै दीगो विकासको युग प्रारम्भ भएको बताए। उनले चीन र भारतसित ठूलठूला जलविद्युत आयोजनाको सम्झौता भएको उल्लेख गर्दै आफ्नै क्षमताले पनि धेरै योजनाहरु गरिरहेको उल्लेख गरे। उनले अब राजनीति राजनीतिक पार्टीले मात्रै गर्ने उल्लेख गर्दै भने, ' संघीय, प्रादेशिक र स्थानीय तहको सरकारले आर्थिक समृद्धि, सुशासन र न्यायपूर्ण समाजमार्फत समाजवाद समाज निर्माणको लागि काम गर्नेछ।'

जनआन्दोलन २०६२/०६३ को आन्दोलनका क्रममा शहीद भएका सगुन ताम्राकारको जन्मभूमि काभ्रेपलाञ्चोकको पनौतीमा शालिक अनावरण गरिएको छ। ताम्राकार काठमाडौंको कलंकीमा बैशाख ७ गते बिहान ११ बजे निस्केको जुलिसमा प्रहरीले चलाएको गोली लागेर १९ वर्षको उमेरमा निधन भएको थियो। सो क्रममा ताम्राकारसँगै शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक निर्माण गरी लञ्जावती शहीद पार्क स्थापना गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.