|

दाङ : जिल्लामा बितेको छ महिनामा विभिन्न ८४ वटा मानवअधिकार उल्लंघनका घटना र २७ वटा बलात्कारसम्बन्धी घटना घटेको तथ्यांक सार्वजनिक भएको छ। शनिबार दाङकाे घोराहीमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

जिल्लामा सबैभन्दा धेरै बलात्कार प्रयासका घटनाहरू भएका छन्। छ महिनामा २७ वटा मात्र बलात्कार र बलात्कार प्रयासका घटनाहरू भएको इन्सेकले अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा तथ्यांक सार्वजनिक गरेको हो। उक्त घटनामा २३ जना बालिका परेको इन्सेक प्रतिनिधि जेएन सागरले बताए। साथै तीनजना वृद्धा र एकजना किशोरीमाथि बलात्कार भएको छ। १५ देखि ५९ वर्षसम्मका महिलाहरू बलात्कारमा परेको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ। त्यसैगरी २५ वटा कुटपिट र  धम्की, पाँचवटा हत्या र हत्या प्रयास, चार अपहेलना, पाँच बन्द-हडताल, एक बोक्सीकाे आरोप, छवटा दुर्व्यवहार, पाँचवटा गैरकानुनी हिरासत र यातना, एक छुवाछुत र अन्य दुर्इ गरी छ महिनामा ८४ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्।

 कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले खराब सोचका कारण समाजमा अापराधिक क्रियाकलाप बढेको बताइन्। सचेतनाका कार्यक्रममार्फत मानव अधिकारका बारेमा जानकारी गराउनु पर्ने र कानुनलाई अक्षरश पालना गर्नाले नै मानवअधिकारको संरक्षण हुने पनि उनले बताइन्।इन्सेकले संकलन गरेको तथ्यांक मानवअधिकार वर्ष पुस्तक २०१९ मा प्रकाशित गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.