|

काठमाडौं:  पूर्ण अधिकारसहितकाे स्थानीय तहले दोस्रो कार्यकालकोको बजेट आइतबार साँझसम्म गाउँसभा तथा नगरसभामा पेश गर्दैछन्। स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्न लागेका हुन्।

संविधानको प्रावधानअनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० सम्म नगर तथा गाउँसभामा बजेट पेश गर्नु पर्दछ। ७५३ मध्ये केही स्थानीयय तहले भने शनिबार नै बजेट सार्वजनिक गरिसकेका छन्।  गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्ने प्रावधान छ।

संसदमा जस्तै स्थानीय तहले गाउँसभा या नगरसभामार्फत वर्षभरीको अनुमानित बजेट तयार गर्छन्। यसरी तयार गरेको बजेट स्थानीय तहको प्रमुख वा उपप्रमुख अथवा सदस्यले सभामा प्रस्तुत गर्दछन्।

बजेट बनाउँदा आम्दानी, खर्च, स्थानीय स्तरमा हुने राजस्व संकलन, वित्तीय व्यवस्थापनलगायतका विषयलाई समेट्न पाउने छन्। यस्तै, सडक, विजुली, खानेपानीलगायतका विषय र बजेटमा सरकारले दिने आम्दानीका स्रोत पनि समेट्नु पर्नेछ।

काठमाडौं महानगरपालिकाले अपराह्न ४ बजे बजेट पेश गर्दैछ। दिउँसो १२ बजे बस्ने वडाअध्यक्षसहितको बैठकले पास गरेपछि ४ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले जानकारी गराए।

स्थानीय तहले सार्वजनिक गर्ने बजेटमा न्युन आन्तरिक स्रोत र बढी माथिल्लो तह प्रदेश र संघीय सरकारले उपलब्ध गराउने बजेट हुनेछ। बजेटका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएकाे सिलिङको आधारमा स्थानीय तहले बजेट पेश गर्नु पर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.