|

राजविराज : सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ। 

मृत्यु हुने ५० वर्षीया केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो। 

यस्तै, केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी २५ वर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छन्। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.