|

नकआउटचरण प्रवेशका लागि महत्वपुर्ण मानिएको खेलमा इंग्ल्यान्डले आज पानामाको सामना गर्दै छ। सन् १९६६ को विश्व विजेता इंग्ल्यान्ड समुह ‘जि’ को आफ्नो दोस्रो खेलमा  नवप्रवेशी पानामा विरुद्ध प्रतिष्पर्धा गर्दे छ। प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियालाई पराजित गरेको इंग्ल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै प्रि-क्वाटरफाइनल प्रवेश गर्ने ध्याउनमा हुने छ।

इंग्ल्यान्ड पछिल्लो एकवर्षमा ११ खेलमा अपराजित रहेको छ। जसमा इंग्ल्यानडले ८ खेलमा जित निकाल्दा बाँकी ३ खेलमा बराबरी गरेको छ। इंग्ल्यान्डको पछिल्लो हार भनेको एकवर्षअघि फ्रान्सँग हो । त्यसपछि इंग्ल्यान्ड अपराजित छ र आफ्नो सोहि लयलाई नवप्रवेशी पानामा विरुद्ध जारी राख्नका लागि मैदानमा उत्रने छ। पानामालाई भने पहिलो सहभागितामा केहि छाप छोड्नु पर्ने चुनौती रहेको छ। कम्तीमा एउटा खेलमा जित निकाले उसले विश्वकपको पहिलो सहभागितामानै जित निकालेका नयाँ अनुभव सँगाल्न पाउने छ।

त्यसोत इंग्ल्यान्डले अन्तिम समयमा ट्युनिसिया विरुद्ध जित निकालेकाले पानामाले उसलाई सहजै नतिजा भने छोड्ने छैन्। ह्यारी केन चम्कीएको खेलमा उनले दुबै गोल गरेका थिए। तर इंग्ल्यानडका लागि उनी बाहेक अन्यको प्रदर्शन औषतनै रहेको थियो। त्यसैलेपनि इंग्ल्यान्ड सहज प्रतिद्धन्दि विरुद्ध केहि आत्माविश्वासमा हुने छ।

इंग्ल्यान्ड पानामाका लागि नयाँ प्रतिद्धन्दि हो । यि दुई विच यसअघि कहिलेपनि एक अर्का विरुद्ध प्रतिष्पर्धा भएको छैन्। यद्धपि पानामाले पछिल्ला ६ खेलमध्ये ५ खेलमा जित निकाल्न सकेको छैन्। तर उसले दुई वृटिस प्रतिद्धन्दिहरु वेल्स र नरदन आयरल्यान्डसँग भने बराबरी खेलेको थियो। त्यसैले इंग्ल्यान्डलाई चुनौती दिनेमा पानामा विश्वस्त छ। उसका लागि ह्यारी केनलाई रोक्नु मुख्य चुनौती हुने छ। कीनकी केनले इंग्ल्यान्डले गरेका ११ मध्ये ७ गोल गरेका छन्। समग्रमा एकपटकको विश्व विजेता इंग्ल्यान्ड र पहिलो सहभागि पानामा दुबै इतिहास बनाउन मैदान उत्रने छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.