|

काठमाडौं : प्रतिक्षित फिल्म ‘नाईं नभन्नू ५’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। प्रचार-प्रसारको सुरुवाती भन्दै फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो। सार्वजनिक दुई पोष्टरमा फिल्मका दुई जोडीलाई फिचरिङ गरिएको छ। प्रेमिल पोष्टरमा अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी र स्वस्तिमा खड्का र अभिषेक नेपालको जोडी देखाइएको छ।

भदौ ८ गते रिलिज हुने फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका छन्। सामाजिक र पारिवारिक कथावस्तु बोकेको फिल्ममा चार कलाकार बाहेक दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, जयनन्द लामा, बुद्धि तामाङलगायतको अभिनय रहेको छ।

हरिवोल भण्डारी र गौरीराज जोशीले निर्माण गरेको फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.