|

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गराएर स्वदेश फर्किएका छन्।

गत जेठ २१ गते बिरामी भएर पुन उपचारको लागि भारत लगिएका राष्ट्रकविलाई गत शुक्रबार स्वदेश ल्याइएको बुहारी बिजेता घिमिरेले बताइन्।

उनको अवस्था अहिले सामान्य रहेको समेत बुहारी बिजेता घिमिरेले बताइन्। हाल घिमिरे पूर्ण निको भएर स्वदेश फर्किएको उनको परिवारले जनाएको छ। यस्तै हाल पुर्णरुपमा निको भएर आएका राष्ट्रकविलाई तीनमहिना पछि पुन फलोअपमा ल्याउन चिकित्सकहरुले सल्लाह दिएको समेत  बताए।

 भित्रि अंगमा रक्तश्राव भएपछि घिमिरे भारत गएका थिए। नेपालमा कुन अंगबाट रक्तश्राव भयो भनेर पत्ता लागेको थिएन। भारतमा उनको आन्द्राबाट रक्तश्राव भएको पत्ता लागेको थियो साथै उक्त रक्तश्रावलाई बन्द पनि गरिएको छ।

गत जेठ २० गते भारतको मेदान्त अस्पतालमा लामो उपचार पछि स्वदेश फर्किएका राष्ट्रकविलाई पुन समस्या भए पछि गत जेठ २१गते पुन उपचारको लागि भारत लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.