|

काठमाडौं : विश्वकप २०१८ को आइतबारको दोस्रो खेलमा समूह एचका जापान र सेनेगलले बराबरी खेलेका छन्। एसियाली देश जापान र अफ्रिकन देश सेनेगलले २-२को बराबरी खेलेका हुन्। 

यी दुई देशको यो बराबरीसँगै दुवै देश नकआउट चरणमा पुग्नबाट रोकिएका छन्। यो समूहबाट जापान र सेनेगलको विजेता अर्को चरणका लागि छनोट हुने थियो। तर बराबरीले यी दुई देशले तेस्रो खेलको नतिजा कुर्नुपर्ने भएको छ।

खेलको पहिलो गोल सेनेगलका सादियो मानेले ११औँ मिनेटमा गोल गरेर अग्रता लिए। जसलाई जापानका टाकासी इनुइले ३४औँ मिनेटमा बराबरी गरेका थिए। सेनेगलले १९ वर्षीय मोउसा वागुइले ७१औँ मिनेटमा गरेको गोलको मद्दतमा अग्रता लियो। उक्त अग्रतालाई पनि जापानका केइसुके हुन्डा ७८औँ मिनेटमा गोल गरेर बराबरी गरे। उक्त गोल नै खेलको अन्तिम गोल भयो र खेल बराबरीमा सकियो।

खेलको म्यान अफ द म्याच सेनेगलका माने भए।

जापान र सेनेगलले खेलेको बराबरीले एक एक खेल हारेका पोल्यान्ड र कोलम्बियालाई पनि नकआउट चरणको सम्भावना कायमै राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.