|

काठमाडौं : आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट खेल्नका लागि नेपाली महिला टोली बिहीबार हङकङ जाँदैछ। 

नेपाली महिला टोली दिउँसो २ बजे हङकङ जानेछ। टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषदले बिदाई गरेको थियो। हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने छनोट प्रतियोगितामा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष स्थान हात पार्ने टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउने छ। नेपालले आफ्नो पहिलो खेल हङकङविरुद्व अक्टोबर ९ मा खेल्नेछ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर, ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन्। 

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.