|
फोटो : विवेक बस्याल

काठमाडौं : फिल्म 'प्रसाद'को शुभ मुहर्त गरिएको छ। सोमबार राजधानीको काँडाघारीमा रहेको गान्धी आश्रमबाट फिल्मको क्यामेरा अन गरिएको हो। क्यामेरा अन गरेसँगै फिल्मका मुख्य तिन कलाकार विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठले सट दिएका थिए। फिल्ममा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा छन्।

दिनेश राउतले निर्देशन गर्ने यस फिल्ममा नि:सन्तान दाम्पतीको पिडा र उनीहरु बिचको विवादलाई प्रस्तुत गरिने छ। पत्रकार सुशिल पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्ममा देखाइने छ।

फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.