|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संसदमा जानकारी गराउने कार्यक्रम स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको छ। प्रतिनिधिसभाले प्रधानमन्त्रीले सोमबार दिउँसो २ बजे सम्बोधन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अधिकारीले प्रधानमन्त्रीले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकलाई चीन भ्रमणबारे जानकारी दिने जानकारी दिए।

असार ५ गतेदेखि १० गतेसम्म चीन भ्रमणमा रहेका प्रधानमन्त्रीले दुई देशबीच भएका सम्झौताबारे संसदलाई जानकारी दिने कार्यक्रम रहेको थियो। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा चिनियाँ रेल ल्याउने लगायतका १४ बुँदे सम्झौता भएका थिए।

प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले प्रधानमन्त्रीको भ्रमण सफल भएको अभिव्यक्ति दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.