|

उदयपुर : उदयपुरका पहाडी क्षेत्रका किसानललाई हिउँद वर्खै बाँदरको समस्या हुने गरेको बताउँछन्। खेतबारीमा फलाएको अन्नबाली बाँदरले नष्ट गरिदिने भएकाले घर एकजना हेरालु बस्न बाध्य बनाए पनि बाँदर आंतक बढेको हो।

अहिले मकै बाली घोगा लाग्दै गरेको छ। मकैबाली जोगाउनका लागि बाँदर धपाउने (हेरालु बस्न) कामको लािग ढुक्कै एक जना बस्नु पर्ने अवस्था छ। ‘खेतमा वर्ष दिन खाने कमै फल्दै छ, एकछिन खेतमा नबसे बाँदरले मकै सखाप पार्छ,’ कटारी नगरपालिका १२ का राम सार्कीले भने, 'घरमा लैजादा पनि एक जना हेरालु नबसे सवै नष्ट गरिदिन्छ बाँदरले।’

जिल्लाको आठवटै स्थानीय तहमा बाँदर आतंंक बढ्दै गएको छ। रौतामाई गाउँपालिका आँपटारका स्थानीय दीपेन्द्र बस्नेतले हुलका हुल बाँदर आउने गरेको बताए। ‘रातो र सेतो गरी दुई प्रकारका बाँदरको बथान आएर अन्नबाली नष्ट गर्छ,’ उनले भने, ‘एक हुलमा हजार वटाभन्दा बढी हुन्छन्, अनि एक कित्तामा लगाएको मकै, भटमास, कोदो लगायतका अन्न नष्ट गरिदिन्छ।’

हिउँमा अन्न भण्डारण गरेकै घरमा पुग्ने र वर्खा खेतबारी नष्ट गरिदिने गरेपछि पहाडी क्षेत्रका खेतीयोग्य जमिन पनि बाँझै हुन थालेका छन्। ‘जंगल मासिन्दै गयो, बाँदरको संख्या बढ्दै गयो,’ पुन वस्नेतले भने, ‘जंगलमा बाघ पाइँदैन। बाघले बाँदरलाई आहार बनाउँथ्यो। अहिले जंगल मासिएर बाघ छैन। अनि बाँदरको संख्या जताजतै बढ्दै गएको छ।’

बाँदर हेरालु राख्नको लागि स्थानीय किसानले बालबालिका तथा पढ्दै गएका छोराछोरी समेत विद्यालय नपठाउने चलन समेत बढ्दै गएको छ। ‘केटाकेटीलाई पालैपालो विद्यालय पठाउनु पर्नेछ,’ रातामाई गाउँपालिका आँपटार बलुङखाका खड्गबहादुर बस्नेतले भने, ‘अन्न फलाएदेखि घरमा लगेर भण्डारण गर्दा पनि हेरालु राख्नुपर्छ, त्यसलाई सुरक्षा गर्न पनि वर्षभरि एकजना चाहिन्छ नै।’

उदयपुरका किसान बाँदरबाट बाली जोगाउन खेतबारीमै टौवा वा गोठ बनाएर बस्न बाध्य छन्। घरबाहिर मात्रै नभएर घरभित्रसमेत पसेर राखेका अन्नबाली खाने गरेको छ। युवाहरू अध्ययन, रोजगारीको सिलसिलामा बाहिर जाने गरेकाले गाउँमा केटाकेटी र बुढाबुढी मात्रै छन्। 

बाँदर धपाउन निकै नै समस्या परेकाले अब आउने स्थानीय सरकारले सहयोग गर्ने अपेक्षासमेत उनीहरूले राखेका छन्। बाँदरको उचित व्यवस्थापन गर्न नसकेको कारणले पहिलेको तुलनामा तरकारी, फलफूल र अन्नबालीको उत्पादनमा निकै नै कमी आएको कटारी नगरपालिका ११ का स्थानीय अगुवा किसान शंकर राउत बताए। ‘बाँदरको आक्रमणले गर्दा कतिपय खेतीयोग्य जमिनहरू बाँझो नै भेटिन्छन्,’ उनले भने, ‘समाचारमा कता कता स्थानीय सरकारले बाँदर लखेट्यो भन्ने सुनेको थिए। हाम्रो पनि यसो गरिदिए ठिक हुने थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.